इंग्लिस प्रिमियर लिग : चेल्सीद्वारा टोटनहम पराजित
नेपालखोज
२०७७ माघ २३ गते १०:५६

एजेन्सी । इंग्लिस प्रिमियर लिगको बिहीबारको खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । पहिलो हाफको मध्यतिर जोरजिन्होले पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो । योसँगै चेल्सी अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।
टोटनहमको यो लिगमा लगातार तेस्रो हार हो । टुचेल आएयता चेल्सीले भने तीन खेलबाट सात अंक बटुलेको छ । यो सबै उनले क्लब सम्हालेको आठ दिनमा सम्भव भएको हो ।
डिसेम्बरमा आर्सनललाई हराएर अंकतालिकाको शीर्ष स्थानमा पुगेको टोटनहमले पछिल्ला १० खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । यसले उसको शीर्ष चारमा प्रवेशको सम्भावनासमेत कमजोर बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया