बिहीबार, वैशाख ११, २०८२

कोरोना महामारी नियन्त्रणमा ल्यायौ‌ँ : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ २३ गते १६:३७

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दाबी गरेका छन् । शुक्रवार राजधानिमा आजोजित आमसभालाई सम्बोधनगर्दै उनेले भने, ‘कोभिड-१९ ले गएको एक वर्ष धेरै प्रतिकुलतामा पुर्‍यायो । हामीले जनताको सुरक्षालाई पहिलो विषय बनाएको कारण मृत्युदरमा कमी आयो । अब त खोप पनि ल्याइसक्यौँ ।’

उनले कोरोनाबिरुद्धको खोप फ्रन्टलाइनमा बसेका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायतलाई प्राथमिकता दिएको बताए । जबसम्म कोभिड पूर्णरुपमा नियन्त्रणमा आउँदैन, तबसम्म खोप अभियानलाई जारी राख्ने उनले बताए।

प्रतिक्रिया