बिहीबार, वैशाख ११, २०८२

चीनले नेपाललाई पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने

नेपालखोज २०७७ माघ २४ गते ११:१४

काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज भ्याक्सिन अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा भएको छलफलमा नेपाललाई खोप उपलब्ध गराउने चीनले प्रतिवद्धता जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया