बिहीबार, वैशाख ११, २०८२

सिटिजन लाइफको जीवन बीमा कोषमा १ सय ३० प्रतिशतले वृद्धि

नेपालखोज २०७७ माघ २५ गते १७:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७७/०७८ को दोस्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै एक सय ३० प्रतिशतले वृद्धि गरेको छ ।

गत आवको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष एक अर्ब चार करोड ४० लाख रहेकोमा यस पौषमसान्तमा सो दुई अर्ब ३९ करोड ८१ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आवको पौष मसान्तसम्ममा कुल बीमा शूल्क ८० करोड ८८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्ब ४० करोड २१ लाख संकलन गर्न सफल भएको छ ।

यसरी हेर्दा बीमा शूल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय ३० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड एक लाखबाट ७३ प्रतिशतले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमा लेखको धितो तथा अन्यकर्जाबाट प्राप्तहुने आयमा ५४ प्रतिशतको वृद्धि गरी १५ करोड चार लाख पुर्‍याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानीतथा कर्जा रकम चार अर्ब ९६ करोड मध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धति निक्षेपमा लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया