एमिलीको संगीत क्षेत्रको रमाइलो यात्रा

एजेन्सी । एमिली संगीत क्षेत्रको परिचित नाम हो । एक समय यस्तो पनि थियो त्यो समयमा एमिली सडकमै गीत गाउँथिन् भन्दा पत्यार नलाग्ला । यो समयको कुरा हो, एमिलीसँग आफ्नो घर थिएन । उनी त सडकलाई नै आफ्नो घर मान्थिन् ।
त्यही सडकले उनलाई आश्रय दिएको थियो । उनी सडकमा बस्थिन्, त्यहाँ नै गीत गाउँथिन् अनि त्यसैबाट गुजरा चलाउँथिन् ।यो उनको जीवनको अर्को एउटा नदेखिएको पाटो हो ।
परन्तु एक दिन एक प्रहरीले उनले गीत गाउँदै गरेको भिडियो आफ्नो फेसबुकमा राखेपछि एमिलीको भाग्यको रुपरेखा नै परिवर्तन भयो । त्यही कारण नै उनले अमेरिकाको लस एन्जलसमा गीत गाउने सौभाग्य पाइन् ।
एन्जलसको कन्सर्टमा पनि एमिलीले सडकमा हुँदा जुन गीत गाउँथिन्, तिनै गीत गाएकी थिइन् त्यसबाट उनलाई धेरै प्रशंसक पनि बटुलिन् ।
अब एमिलीको यो कन्सर्ट भव्य भएपछि उनलाई लाग्छ, मानिसहरु आफ्नो दिमागले हेर्छन्, मनले सुन्छन् । उनलाई त अब संगीतकारहरुले गीत रेकर्डिङ गर्न प्रस्ताव पनि गरेका छन् । कतिसम्म भने उनका फ्यानहरुले उनका लागि घर किनिदिन ७० लाख रुपैयाँसम्म जुटाइदिएका छन् । यो एमिलीके ठूलो जित हो ।
प्रतिक्रिया