धौलीगङ्गा बाढी अपडेट, १२५ जनाभन्दा बढी व्यक्ति अझै बेपत्ता
नेपालखोज
२०७७ माघ २६ गते १२:४४

एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा हिम नदीमा आएको बाढीमा बेपत्ता भएका १२५ जनाभन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञात रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईले जनाए अनुसार अहिलेसम्म नौजनाको शव फेला परेका छन् ।
अधिकारीहरूले बताए अनुसार उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा पसेको ठूलो बाढीले जनजीवन अस्त व्यस्त बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया