नेप्सेमा उकालो यात्रा कायमै, सोमबार १० अर्ब १७ करोडको कारोबार

काठमाडौ । नेप्सेको उच्च बृद्धिले साताको दोस्रो कारोवार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४८ दशमलव ७४ अंकले बढेको नेप्से आज सोमबार ३७ दसमलव ४८ अंकले बढेर २५ सय ६१ दशमलव ४७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले बढेर चार सय ६६ दशमलव ६० अंकमा पुगेको छ ।
आज दुुई सय छ वटा कम्पनीहरुको ९२ हजार ७९ पटकको कारोवारमा दुुई करोड ११ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६७ दशमलव ७२ अंकले बढेर १७ सय ७९ दशमलव २७ अंकमा चढेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन् । जलबिद्युुत समुहको सुचक भने आज १९ दसमलव ७३ अंकले घटेर १९ सय ९८ दशमलव ४० अंकमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचकहरु पनि घटेकाछन् ।
आज ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९२ प्रतिशतले बढेर एक हजार ८६ रुपैयाँमा कारोवार हुंदा हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य पनि छ दसमलव ७८ प्रतिशतले घटेर दुुई सय २० रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज प्रभुु बैंकको प्रतिकित्ता चार सय ७९ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ६४ लाख ६९ हजार आठ सय ९९ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया