भारतीय अभिनेता राजीव कपूरको हृदयाघातका कारण निधन
नेपालखोज
२०७७ माघ २७ गते १६:१०

एजेन्सी । भारतीय अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ । राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख छ ।
राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।
ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया