२९ अंकले घट्यो नेप्से, विकास बैंक र फाईनान्स बाहेक सबैको सूचक रातै

काठमाडौं । आज (मंगलबार) नेप्से घटेको छ । अघिल्लो दिन ३७ दशमलव ५८ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज भने २९ दशमलव एक अंकले घटेर २५ सय ३२ दशमलव ४६ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेकस पनि चार दशमलव ८९ अंकले घटेर चार सय ६१ दशमलव ७० अंकमा पुगेको छ । नेप्सेमा आज एक सय ९४ वटा कम्पनीहरुको ७१ हजार एक सय १२ पटकको कारोवारमा एक करोड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता सेयर कारोवार हुंदा कुल कारोवार रकम आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज प्राविधिक समस्या आउँदा ३५ मिनेट नेप्सेको नियमित कारोवार कक्ष अवरुद्ध भएको थियो । सोही कारण आज नेप्से ३ः३५ बजे बन्द भएको थियो । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा विकास बैक र फाईनान्स समुहको सूचक क्रमश २५ दशमलव ५२ र १२ दशमलव ७२ अंकले बढेका छन भने बाँकी समुहको सूचक उच्च अंकले घटेकाछन ।
ति मध्ये वाणिज्य बैक समुहको सूचक नौ दशमलव ४२ अंकले घटेर १७ सय ६९ दशमलव ८६ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि दुई सय ३७ दशमलव १४ अंकले घटेर १३ हजार एक सय ५५ दशमलव २९ अंकमा पुगेको छ । यि बाहेक जलबिद्युत, जीवन बीमा,ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सूचक पनि घटेका छन ।
आज गुडविल फाईनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९२ प्रतिशतले बढेर दुई सय ८८ रुपैयाँमा कारोवार हुंदा सर्पोट माईक्रो फाईनान्स लघुवित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८२ प्रतिशतले घटेर २३ सय ९७ रुपैयाँमा कारोवार भएको छ ।
त्यसैगरी ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता ११ सय २० रुपैयाँ अन्तिम मूल्यमा २८ करोड २३ लाख ८५ हजार पाँच सय ४१ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया