बिहीबार, वैशाख ११, २०८२

वाणिज्य महासंघकोमहासंघको बैंक, वित्तिय तथा विमा समिति विस्तार

नेपालखोज २०७७ माघ २७ गते २०:३६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तिय तथा विमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता रहेकाछन ।

समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाइर्“ र व्यवसायी प्रकाश तिवारी रहेकाछन ।

त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण रहेकाछन ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तिय तथा विमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू संतुलित र गहन हुनुपर्ने बताए ।

प्रतिक्रिया