बिहीबार, वैशाख ११, २०८२

लक्ष्मी बैंकको ’माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

नेपालखोज २०७७ माघ २८ गते १६:२३

काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ’माई मोबाईल मनि’भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो ।

यस अघि बैंकले ’माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

’माई मोबाईल मनि’ प्रतियोगितामा भने पाँच वटा विभिन्न शिर्षकमा रहेको र सहभागीहरुले प्रत्येक शिर्षकमा ३ मिनटसम्मको १,१ गरी कुल पाँच वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल दुई लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो ।

सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट दुई सय ५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरुबीच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् । प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथा वस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

प्रतिक्रिया