बिहीबार, वैशाख ११, २०८२

सनराइज बैंकको सीईओमा शर्मा र डिपुटी सीईओमा राणा नियुक्त

नेपालखोज २०७७ माघ २८ गते १६:३३

काठमाडौं । सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा र नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ)मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएका छन् ।

बैंक अर्का सीईओ जनक शर्मा पौडेलले राजीनामा गरेपछि खालि रहेको उक्त पदमा शर्मालाई नियुक्त गरेको बैंकले जनाएको छ ।

आज (बुधबार) बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई नियुक्त गरेको हो ।बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् । 

यसअघि शर्मा माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत थिए । माछापुच्छ्रे बैङ्कमा कार्यभार बाँकी छँदै गत फागुनमा उनी बाहिरिएका थिए । 

बैंकिङ्गमा क्षेत्रमा करिब २२ वर्षको अनुभव भएका शर्मा माछापुच्छ्रे बैङ्क अगाडि ग्लोबल आईएमई बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृत स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् । 

त्यस्तै सोमबार बसेको बसेको सञ्चालक समितिको बैठकले राणालाई डेपुटी सीईओ बनाउने निर्णय गरेको हो ।

एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेकी उनले ग्लोबल आईएमई बैंकमा समेत काम गरिसकेकी छन् । एभरेष्ट बैंकमा ट्रेनी बैंकरबाट काम सुरु गरेकी उनले बैंक क्षेत्रमा २० वर्षको अनुभव बटुलिसकेकी छन् ।

उनी हाल सनराइजमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया