बिहीबार, वैशाख ११, २०८२

उद्योग वाणिज्य महासंघको वैदेशिक रोजगार फोरम विस्तार

नेपालखोज २०७७ माघ २८ गते १६:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेकाछन ।

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरु¨, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ रहेकाछन। फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरु¨, सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल रहेका छन ।

नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।

वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने विप्रेषणले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पुर्‍याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन् ।

यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्‍याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिए ।

महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमको सफलताको कामना गर्दे विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसंग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका वारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।

प्रतिक्रिया