बिहीबार नेप्सेमा १६ अंकले गिरावट

काठमाडौं । बिहीबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन आठ दशमलव ६६ अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज भने १६ अंकले घटेको छ । नेप्से आज १६ दशमलव ११ अंकले घटेर २५ सय २६ दशमलव ९२ अंकमा पुुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले घटेर चार सय ६३ दशमलव ४७ अंकमा पुुगेको छ ।
आज दुुई सय छ वटा कम्पनीहरुको ७२ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम आठ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी नौ वटा समुहको सुचक घटेका छन । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव ७९ अंकले बढेर १८ सय आठ दशमलव ६४ अंकमा पुग्दा बिकास बैक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
जलबिद्युुत समुहको सुचक भने २५ दशमलव ५८ अंकले घटेर १९ सय २२ दशमलव ५६ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक दुुई सय सात दशमलव २२ अंकले घटेर १३ सय ४३ दशमलव ९० अंकमा झरेको छ । यसैगरी लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव तीन प्रतिसतले बढेर एक सय ८८ रुपैयाँमा करोवार हंँदा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर २१ सय १५ रुपैयाँमा कारोवार भएको छ । यसैगरी डिप्रोक्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता १९ सय ७३ रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड ६३ लाख १० हजार ८८ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया