साताको सेयर बजार : नेप्से सुचक र कारोवार रकममा नयाँ रेर्कड

काठमाडौं । यो साता नेप्से सुचक तथा कारोवार रकम दुबैले नयाँ रेर्कड कायम गरेका छन् । नेप्से २५ सय अंकभन्दा माथि पुग्दा सेयर कारोवार रकम पनि यो साता झण्डै आधा खर्ब नजिक पुगेको छ । नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौथो कारोवार दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो ।
सोही आधारमा यो साता नेप्से २५ सय २६ दशमलव ९२ बिन्दुमा पुुगेर रोकिंदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ६३ दशमलव ४७ बिन्दुमा पुगेर रोकिएको छ । दुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोवारमा यो साता सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको छ ।
यो कारोवार रकम गत साताको तुलनामा निकै नै बढी हो । गत साता भने नेप्सेमा दुई सय छ वटा कम्पनीहरुको चार लाख एक हजार तीन सय ७७ पटकको कारोवारमा आठ करोड ५६ लाख चार हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार पाँच सय ५५ रुपैयाँ पुगेको थियो ।
पहिलो दिन नेप्से ४८ दशमलव ७४ अंकले बढेर २५ सय २४ पुगेकोमा अन्तिम कारोवार दिन २५ सय २६ दशमलव ९२ अंकमा पुगेर रोकिएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार सय ५९ दशमलव ३२ अंकमा पुगेकोमा अन्तिम कारोवार दिन चार सय ६३ दशमलव ४७ अंकमा पुगेको पुगेर रोकिएको थियो । नेप्सेमा यो साता नेपाल पुर्नबीमा कम्पनी, ग्लोवल आईएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोवार भएकाछन भने ग्लोवल आईएमई बैंक, प्रभु बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएकाछन ।
बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । यो साता आरएमडिसी लघुबित्त बित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बोनस तथा साधारण सेयर नेप्सेमा सुचीकृत भएकाछन ।
प्रतिक्रिया