मेगा बजेटमा निर्माण हुँदै चलचित्र रामायण, को बन्ला रावण ?
नेपालखोज
२०७७ माघ ३० गते १४:२१

एजेन्सी । बलिउडमा यतिखेर चलचित्र रामायणको चर्चा चुलिएको छ । यस चलचित्रमा राम र रावण को बन्लान् भन्ने विषय यतिखेर चासोमा रहेको हो ।
निर्माता मधु मेन्टानाको ३ सय करोड मेगा बजेटमा निर्माण हुन लागेको यस चलचित्रमा शुरूका केही दिन ऋतिक रोशनको निकै चर्चा भयो ।
उनलाई रामको भूमिकामा राखिने चर्चा चलेको थियो । तर पछिल्ला दिनहरूमा राम अर्कै हिरोलाई बनाइने तयारी भएको भारतीय समाचार एजेन्सीहरूले बताएका छन् ।
रिपोर्टका अनुसार, साउथ फिल्ममा निकै चर्चित महेश बाबु रामायणमा राम बन्दैछन् । यस्तै ऋतिक रोशनलाई रावण बनाउने भन्ने चर्चा चलिरहेको छ। चलचित्र निर्माता र यी दुई अभिनेताहरूबीच अहिले छलफल भइरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया