मंगलबार, वैशाख ९, २०८२

मिस एण्ड मिस्टर प्रतियोगिता चैतमा

नेपालखोज २०७७ फागुन २ गते १४:३२
साँकतिक तस्विर

काठमाडौं । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायकार विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ ।

विराटनगरभरिको अडिसन यही फागुन ४ गते ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवायुवती सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया