मंगलबार, वैशाख ९, २०८२

पहिलो कारोवार दिन नेप्से सूचक र कारोवार रकम दुवैमा उच्च गिरावट

नेपालखोज २०७७ फागुन २ गते १५:४६

काठमाडौं । नेप्से सूचक तथा कारोवार रकम दुबै उच्च अंकले घटेको छ । साताको पहिलो कारोवार दिन आज (आईतबार) एकैदिन नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४ सय ९३ दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ३१ अंकले घटेर चार सय ५४ दशसलव १२ अंकमा पुगेको छ ।

नेप्सेमा दुई सय दुुई वटा कम्पनीहरुको ५८ हजार तीन सय नौ वटा कारोवारमा एक करोड ४८ लाख ५१ हजार पाँच सय ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार नौ सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सूचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेका छन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक २० दशमलव ७१ अंकले घटेर १७ सय ८७ दशमलव ७८ अंकमा पुग्दा जलविद्युत समुहको सूचक पनि २३ दशमलव पाँच अंकले घटेर १८ सय ९९ दशमलव ४२ अंकमा पुगेको छ ।

त्यसैगरी निर्जिवन बीमा समुहको सूचक पनि ७७ दशमलव ३५ अंकले घटेर १२ हजार नौ सय ६६ दशमलव ५५ अंकमा पुग्दा विकास बैंक, लघुवित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहका सुचक पनि घटेकाछन ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ७४ रुपैयाँमा कारोवार हुंदा सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव २७ प्रतिशतले घटेर १९ सय ९१ रुपैयाँमा कारोवार भएको छ ।

त्यसैगरी नेको इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता १६ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ५२ करोड ३३ लाख ६७ हजार चार सय २४ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया