वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी हनुमानढोका (फोटोफिचर)
नेपालखोज
२०७७ फागुन ४ गते १४:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज हनुमानढोकामा वसन्त श्रवण गरेकी छिन् ।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।


सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटा लगायतले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए ।







सम्बन्धित
प्रतिक्रिया