नेप्से २६ सय अंकमाथि, १५ अंकले बढ्दा १० अर्ब ३ करोडको सेयर कारोवार

काठमाडौं । नेप्सेमा करेक्सन आएको छ । अघिल्लो दिन ९२ दशमलव ४२ अंकले बढेर हालसम्मकै उच्च अंकमा पुगेको नेप्से साताको तेस्रो कारोवार दिन आज (मंगलबार) भने १५ दशमलव पाँच अंकले बढेर २६ सय एक दशमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंकले बढेर चार सय ७३ दशमलव ५३ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय आठ वटा कम्पनीहरुको ७६ हजार चार सय ९३ पटकको कारोवारमा एक करोड ७७ लाख ३२ हजार सात सय ६५ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १० अर्ब तीन करोड ५४ लाख ५४ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएको चार वटा समुहको सूचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक ३८ दशमलव ४१ अंकले बढेर १८ सय ८३ दशमलव ५२ अंकमा पुग्दा बिकास बैंक, अन्य र सामुहिक लगानी कोष समुहको सूचक पनि बढेका छन ।
जलबिद्युत समुहको सूचक भने आज २६ दशमलव ९८ अंकले घटेर १९ सय ३६ दशसलव ८९ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि ३७ दशमलव ८६ अंकले घटेर १३ हजार तीन सय ७६ दशमलव १३ अंकमा झरेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा,ट्रेडिङ, होटल, फाईनान्स र उत्पादन मुलक समुहको सूचक पनि घटेका छन ।
नेप्सेमा आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय २० रुपैयाँमा कारोवार हुंदा साधना लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने छ दशमलव १५ प्रतिशतले घटेर १४ सय ५० रुपैयाँमा कारोवार भएको छ । त्यसैगरी नविल बैंकको प्रतिकित्ता १३ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा ५२ करोड ९९ लाख ९६ हजार एक सय २० रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया