बिहीबार, वैशाख ११, २०८२

नोओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

नेपालखोज २०७७ फागुन ४ गते १६:१८

काठमाडौं । विश्व महिला टेनिस अन्तर्गत तेस्रो वरियताकी नोओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्।

उनले मेलबन पार्कमा सम्पन्न खेलको ६६ मिनेटमै हेश शुवाईलाई हराएर ओपनको सेमिफाइनल यात्रा तय गरेकी हुन्। 

सुवाईलाई सोझो सेटमा हराउने क्रममा ओसाकाले ६–२ र ६–२ को जित निकालिन्।

सेमिफाइनल खेलमा अब ओसाकाले सेरेना विलियम्स र सिमोना हालेपबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया