मंगलबार, वैशाख ९, २०८२

लाली ओठैमा सार्वजनिक हेर्नुभयो त ?

नेपालखोज २०७७ फागुन ६ गते १३:१०


काठमाडौं । नयाँ गीत लाली ओठैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत गीतकार तारा अधिकारीले सिर्जना गरेका हुन् । गीतमा स्वरुपराज आचार्य र रचना रिमालको सुमधुर स्वर मिसिएको छ ।

संगीत भने राजनराज शिवाकोटी र उदयराज पौडेलले संयोजन गरेका हुन् । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा किशोर थापाको मिक्सिङ छ ।

भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपाने फिचर्ड छन् । रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया