नेप्से २६ सय ३६ अंकमा, २५ अंकले बढ्दा ८अर्ब ७६ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बिहिबार) पनि नेप्से बढेको छ । अघिल्लो दिन नौ दशमलव ९४ अंकले बढेको नेप्से आज २५ दशमलव २३ अंकले बढेर २६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७७ अंकले बढेर चार सय ८१ दशमलव ७८ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय छ वटा कम्पनीहरुको ९० हजार दुई सय दुुई वटा कारोवारमा एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार सात सय ८५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सूचक घटेर बाँकी समुहको सूचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक २३ दशमलव ३७ अंकले बढेर १९ सय ३६ दशमलव ६६ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, फाईनान्स, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेकाछन ।
निर्जिवन बीमा समुहको सूचक भने आज ५० दशमलव तीन अंकले घटेर १३ हजार एक सय ८९ दशमलव २५ अंकमा झरेकोमा जीवन बीमा र लघुबित्त समुहको सूचक पनि घटेकाछन ।
आज नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको हुंदा मिर्मिरे लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ९१ प्रतिशतले घटेर १६ सय ४५ रुपैयाँमा कारोवार भएको छ ।
एनआईसी एशिया बैंकको भने आज एकै दिन प्रतिकित्ता नौ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा ५६ करोड एक लाख आठ हजार तीन सय ५७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया