प्रदेश पहिचानको सम्मान गर्छु : प्रदेश प्रमुख झा

धनुषा । प्रदेश २ का प्रदेश नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पदभार ग्रहण गरेका छन् ।
आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका प्रदेश प्रमुख झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताए । झाले जनता र संविधानलाई आधार बनाएर प्रदेशका लागि काम गर्ने बताउँदै ‘सबैसँग मिलेर समन्वय गर्ने छु । प्रदेशको पहिचानको सम्मान गर्छु ।’
झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय भइरहदा समाज असुरक्षित हुन सक्ने बताउदै झाले सबैलाई अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका रहने बताए ।
देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको समेत उनले बताए ।
प्रतिक्रिया