‘ठमेल बजारमा’ नामक म्युजिक भिडियो बजारमा
नेपालखोज
२०७७ फागुन १० गते १३:२५

काठमाडौं । गायिका सुनिता थेगिम र गायक अशोक मुकारुङको स्वर रहेको गीत ‘ठमेल बजारमा’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा करवीर तामाङको शब्द र पदम राजन मगरको संगीत छ ।
भिडियोमा अमेरिकामा बस्दै आएका निर्माता तथा अभिनेता रमेशचन्द्र राई र सीता राईको अभिनय छ ।
सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सञ्जित घिसिङको छायांकन र सम्पादन छ ।
सम्बन्धित
प्रतिक्रिया