झापाको अर्जुनधारामा ताण्डव नृत्य प्रतियोगिता हुने
नेपालखोज
२०७७ फागुन १३ गते ११:०५

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्री पर्वमा ताण्डव नृत्य प्रतियोगिता हुने भएको छ । साथै सोही स्थानमा शिव भजन गायन प्रतियोगिता पनि हुने आयोजक समूहले जनाएको छ ।
अर्जुनधारा नेपालको परिचित धार्मिक स्थान भए पनि यस धार्मिक स्थललाई पूर्वको पशुपतिनाथको नामले पनि चिनिन्छ । अर्जुनधारा ७ मा रहेको अर्जुनधारा जलेश्वर धाममा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको समितिले जनाएको हो ।
‘एक साँझ शिवका माझ’ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमहरु सञ्चालन हुने धाम व्यवस्थापन समितिले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया