‘कमेडी च्याम्पियन सिजन–२’ २१ फागुनबाट
नेपालखोज
२०७७ फागुन १३ गते १४:०१

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन–२’ फागुन २१ गतेबाट प्रसारण हुने भएको छ । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले दोस्रो संस्करण फागुन १२ बाट प्रसारण हुने घोषणा गरेको हो ।
आयोजकका अनुसार कमेडी च्याम्पियन का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ती मध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको थियो ।
जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् । उनीहरूको नाम चाँडै सार्वजनिक गर्ने पनि आयोजक पक्षले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया