जापानी विभूषणबाट सम्मानित भए नेपालका पूर्वपरराष्ट्रमन्त्री

काठमाडौँ । जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गरेको छ । ‘कूटनीति र राजनीति’ , ‘क्रान्ति र प्रतिक्रान्ति’का लेखक पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत विभूषण बुधबार प्रदान गरेको हो । नेपाल र जापान सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई चार महिना अघि उक्ता सम्मानको घोषणा गरेको थियाे ।
काेभिड-१९ को त्रासका कारण बुधबार भर्चुअल माध्यमबाट उक्त पदक हस्तान्तरण गरिएकाे काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । कूटनीति, अनुसन्धान, शिक्षा, समाजसेवा, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुर्याउने व्यक्तिलाई यसप्रकारको विभूषणबाट जापानले सम्मानित गर्दै आएको छ ।
यो वर्ष (२०२०) जापान सरकारले मुलुकका ६० जना फरक क्षेत्रका व्यक्तिलाई विभूषित गर्ने घोषणा गत कात्तिक १६ मा गरेको थियो । यस पटक दक्षिण एसियाबाट उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री पाण्डे एक्ला हुन् ।
प्रतिक्रिया