सोमबार, वैशाख ८, २०८२

अभिनेत्री प्रियंका चोपडाले अब अमेरिकामा भारतीय खानाको स्वाद पस्कदै

नेपालखोज २०७७ फागुन २३ गते १६:०४

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ रेष्टुरेन्ट संचालन गर्दैछिन्। प्रियंकाले इन्स्टाग्राममार्फत ‘सोना’ नामको नयाँ रेष्टुरेन्ट संचालन हुन लागेको जानकारी गराएकी हुन्।

त्यहाँ भारतीय खाना ‘सर्भ’ गरिनेछ। रेष्टुरेन्टको इन्टेरिअर डिजाइन, मेनु, संगीत र नामसमेत प्रियंका आफैले छनौट गरेकी हुन्। उनले इन्स्टाग्राममा आफू र आफ्नो श्रीमान निक जोनाससँग रेष्टुरेन्टको पूजा गरेको फोटो सेयर गर्दै लेखेकी छन्, ‘सोना प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ। म न्यूयोर्क सडकमा भारतीय खानाको स्वाद पस्कदैछु।’

उनले रेष्टुरेन्ट यो महिनाको अन्तिमसम्म संचालनमा आउने समेत बताइन्। उनले भनिन्, ‘अर्को महिनाको अन्तसम्म सोना संचालनमा आउँदैछ। तपाईंहरूलाई त्यहाँ भेट्न निकै उत्साहित छु।’

प्रियंकाले रेष्टुरेन्ट संचालनमा साथी मनिष गोयल र डेविड रेबिनको नेतृत्व र साथ मिलेको बताएकी छन्। त्यस्तै, डिजाइनर मेलिसा बोवर्सलाई समेत धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया