आइतबार, वैशाख ७, २०८२

“सल्लाघारी“ लिएर आईन गायिका रानी शाक्य

नेपालखोज २०७७ फागुन २४ गते १५:०४

काठमाडौं । गायिका रानी शाक्यको “सल्लाघारी“ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका शाक्यको आवाजमा रहेको मौलिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।
रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ । “सल्लाघारी“ गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ ।

भिडियो लिंक

प्रतिक्रिया