प्रहरीद्वारा हराएका २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
नेपालखोज
२०७७ फागुन २४ गते १८:४०

मकवानपुर । बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ ।
मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा करिब ४ लाख ४० हजार मूल्य बराबरका बिभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया