महिला पठाओ राइडरहरु सम्मानित
नेपालखोज
२०७७ फागुन २५ गते ८:१७

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले अन्तरास्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ ।
पठाओका अनुसार महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको छ । कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए ।
पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध रहेका छन् । जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया