बुधबार जन्मने मानिस कस्ता हुन्छन् ?

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।
बुधबार जन्मिएका व्यक्तिहरू शान्त स्वभावका हुन्छन् । यिनीहरु ज्यादा रिक्स लिन मन पराउँदैनन् । यिनको हृदय सफा र स्वच्छ हुन्छ । नयाँ कुराको खोज गरिरहनु यिनको अर्को स्वभाव हो । यीनलाई सजिलै विश्वास गर्न सकिन्छ । यिनीहरु धोका दिन र पाउन मन पराउँदैनन् । यिनीहरु जीवनमा आफूले गरेको मिष्टेकबाट राम्ररी पाठ सिक्छन् । यिनीहरु ज्ञानको क्षेत्रमा बढी सक्रिय हुन्छन् । यिनको बोलीमा विश्वास हुन्छ । प्रायः यी आत्मविश्वासी र यदाकदा आत्मप्रशंसक पनि हुन्छन् । रिसाउने कुरालाई पनि जोक बनाएर भन्न सक्ने यिनमा अनौठो स्वभाव हुन्छ । यिनीहरु चाप्लुसी र चाकडी गर्न चतुर हुन्छन् । यी आफ्नो मीठो बोलीले प्रभाव पारी अरुबाट काम लिन सिपालु हुन्छन् । समग्रमा यिनीहरु बाठो हुन्छन् ।
यिनलाई सफा हुन मन पर्छ । यी प्रायः कार्यालय घर फोहोर गरेको मन पराउँदैनन् । यिनीहरु राम्रा अक्षर लेख्छन् । यिनीहरुमा झुटो कुरालाई पनि सत्य जस्तो बनाएर प्रस्तुत गर्ने अनौठो क्षमता हुन्छ । यी प्रायः समाजका नेतृत्व लिँदैनन् । यिनीहरु नेतृत्वमा रहेका मान्छेहरुलाई राम्रो सल्लाह र सुझाव दिन्छन् । त्यसबाट यी फाइदा पनि प्राप्त गर्दछन् । यिनीहरु सचिब, प्रमुख सल्लाहकार, लेखक, कार्यालय सहयोगी एवं बुद्धिजीविवर्गमा रहेका हुन्छन् । यिनीहरु सचेत भई काम सम्पादन गर्दछन् । यिनलाई विनाकारण गाली गरेको मन पर्दैन । यी राम्रो एजेन्ट भएर काम गर्न माहिर हुन्छन् । यी कहिले पनि मान्छेलाई दुर्वचन बोल्दैनन् ।
यी समाजको नेतृत्वमा नरहे पनि नेतृत्वमा रहेकाहरुसँग राम्रो सम्बन्ध बनाउन सक्छन् । यिनीहरुको वाक्कलामा एक किसिमको मिठास हुन्छ । यिनीहरु कमजोर मान्छेलाई पनि पाठ सिकाएर सफल बनाउन हर्दम तयार हुन्छन् । यिनीहरुको सुझाव पाएर काम गर्नेहरुलाई धेरै मान्छेले प्रशंसा गर्दछन् । यिनीहरु पहिलो तप्काको नेतृत्व नलिए पनि दोस्रो तप्काको नेतृत्व भने राम्ररी निभाउन सक्षम हुन्छन् । कलाहरुको यी पारखी हुन्छन् । बुधबार जन्मने मानिस प्राय असफल हुँदैनन् । यिनको सिर्जनाहरु एकदमै व्युटिफुल हुने गर्दछ । यी आफन्तहरुलाई राम्रो सहयोग गर्दछन् ।
प्रतिक्रिया