बुधबार, वैशाख १०, २०८२

विहिबार जन्मने मानिस कस्ता हुन्छन् ?

नेपालखोज २०७७ फागुन २७ गते ५:००

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।

बिहीबार जन्मिएका व्यक्तिहरू ईज्जत दिन र लिन मन पराउँछन् । यी ज्यादै महत्वाकांक्षी हुन्छन् । यिनलाई उन्नति प्रगतीको ज्यादै ठूलो भोक हुन्छ । यिनको जीवन आदर्शले भरिएको हुन्छ । समाजमा प्राय यिनको उदाहरण दिएर मानिसले अरुलाई प्रेरणा दिइरहेका हुन्छन् । यिनलाई संघर्ष गर्नु राम्रो लाग्छ । यी भाग्यमा कमै विश्वास गर्छन् । यिनीहरु गरिबीको कारण कम श्रम र ढंग नपुर्याई काम गर्नुलाई मान्छन् । यिनीहरुको जीवन एउटा आदर्शले भरिएको हुन्छ । सफल हुनु परिश्रमको कारण हो भन्ने मानसिकता बोक्ने यिनीहरु काम बिग्रिएको खण्डमा यिनीहरु आफूभन्दा तल रहेका कर्मचारीहरुलाई गाली गर्न पनि पछि पर्दैनन् । यिनीहरु समाजको नेतृत्व वर्गमा रहेका हुन्छन् । कहिलेकाँहि यिनीहरु पक्षपात गर्न पनि पछि हट्दैनन् ।


यिनीहरुमा धेरै प्रकारका क्षमता हुन्छ । यी समाजका हरेक क्षेत्रमा पुरस्कार र सम्मानका भागिदार हुन्छन् । यिनीहरु ज्ञानका क्षेत्रमा निकै मेहनत र परिश्रम गर्दछन् । यिनहरु शिक्षक, बैंकर, धर्मगुरु र सामाजिक अगुवाको रुपमा रहेका हुन्छन् । यी निरन्तर नयाँ कुरा सिकिराख्छन् । यिनीहरुसँग ज्ञानका कुरा सोध्न र सुन्न हरेक दिन मान्छेको भिड जम्मा हुन्छ । यिनले माया गरेका मान्छेलाई अत्यन्तै योग्य बनाउँछन् । यिनीहरु आचरण र अनुशासनका पालनकर्ता हुन्छन् । यिनीहरु घमण्ड गर्दैनन् । अनुशासन तोड्नेहरुलाई यिनीहरु सकेसम्म राम्रो बाटोमा ल्याउने प्रयास गर्दछन् । राम्रो बाटोमा नआएको खण्डमा तिनलाई लडेको मकैको बोटलाई छाडे जस्तो छाडिदिन्छन् । यी छिटो सफल हुँदैनन् । यी सफल भएपछि अब्बल दर्जाका सफल हुन्छन् । यिनीहरुसँग सम्पत्ति कम भए पनि यी अरुको सम्पत्तिको समेत भोग गर्न पाउने भाग्यमानी हुन्छन् । यिनले त्याग गरेका मान्छेहरु पनि यिनीसँग नजिक हुन नपाएकोमा पछुतो मान्ने गर्दछन् ।


यी मृत्यु पछि पनि नाम लिन योग्य पात्रको रुपमा समाजमा स्थापित हुन्छन् । यिनमा खोजी गरिरहने बानी रहने कारण यिनका हरेक दिनका वक्तव्यहरु फरक फरक हुन पनि सक्छ । कहिलेकाँहि यिनीहरु नजिकका पात्रहरुलाई क्षमता नभए पनि ठूलो पदमा पुर्याएका कारण आलोचित बन्छन् । यी एकदमै सामान्य जीवन बाँच्छन् तर यिनको सम्पर्क देश विदेशका गन्य मान्ने मान्छेहरुसँग हुन्छ ।

प्रतिक्रिया