बुधबार, वैशाख १०, २०८२

‘लप्पन छप्पन २’ चीनमा पनि प्रदर्शन हुने

नेपालखोज २०७७ फागुन २८ गते १४:३१

काठमाडौं । चीन अन्तराष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स अफिसको बजार हो । चिनियाँ फिल्म बक्सले महिनामै करौडौं रकम कमाउँछ । निर्देशक मुकुन्द भट्टद्वारा निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले चीनको सिनेमा हलमा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।

फिल्मलाई चिनियाँ भाषामा डब गर्दै गरेको स्रोतले जनाएको छ । फिल्म निर्माण पक्षले फिल्म तमिल, तेलुगु र भोजपुरी भाषामा पनि डब गर्ने जनाएको छ ।

प्रतिक्रिया