सिराहा बम विस्फोट अपडेट : घटनास्थलमा गोइत समूहको पर्चा फेला
नेपालखोज
२०७७ चैत १ गते १४:३८

सिराहा । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटकमा घाइते हुनेको संख्या सात पुगेको छ ।
आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय को माथिल्लो तलाको हलमा कुकर बम विस्फोट भएको हो । विस्फोटमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायतका व्यक्ति घाइते भएको छन् भने भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विस्फोटमा परि गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने सामान्य घाइते तीन जनाको लहानमा उपचार हँदै छ ।
घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।
सम्बन्धित
प्रतिक्रिया