अंग्रेजी अक्षर C बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ? (भिडियोसहित)

C अक्षरबाट नाम सुरु हुने मानिसहरु आत्मविश्वासी हुन्छन् । यिनीहरुको तर्क क्षमता पनि अत्यन्तै प्रशंसनीय हुने गर्दछ । यिनीहरुको तर्कहरु एकदमै विशेष हुने गर्दछ । यिनीहरु अत्यन्तै मिजासिला पाइन्छन् । त्यसै कारण यिनीहरुको साथीहरु एकदमै धेरै हुने गर्दछन् । यिनले गर्ने रमाइला तर्कहरुमा पनि बिचारहरु हुन्छन् । यी एकदमै गम्भिर कुरालाई पनि हाँसिमजाकमा परिणत गरिदिन सक्छन् । त्यसैले यिनको तर्कहरु सुन्ने मान्छेहरु एकदमै धेरै हुने हुन्छन् । यी परिश्रमलाई पनि श्रम नमानेर ख्यालख्यालमै रमाइलो पाराले सकिदिन्छन् ।
यिनीहरु बिन्दास जीवन बिताउँछन् । प्रमुखतः यिनको जीवको मूलमन्त्र नै जय गुरु घण्टाल हो । यी रमाइलो पाराले कुरा गर्ने कारण सुन्दर देखिन्छन् । यिनीहरु समस्यालाई चुट्कीमा हल गरिदिन्छन् । कहिलेकाँहि यिनीहरुको यस्तो स्वभावले कामको पारिश्रमिक नपाउने डर पनि रहन्छ । यिनीहरुको बौद्धिक सम्पत्तिहरु बेलाबेला चोरी पनि हुने गर्दछ । यी सहयोगी भावनाका हुन्छन् । यिनीहरु हरेक वर्गका मान्छेसँग समान व्यवहार गर्दछन् । त्यसै कारण यिनको खल्तीमा पैसाको कमी रहँदैन । दानापानीको व्यवस्था यिनलाई जुनसुकै ठाउँमा पनि मिलिरहेको हुन्छ ।
यिनीहरु पढाई लेखाईको क्षेत्रमा ठिकठाक हुन्छन् । यिनीहरुमा कमजोर मान्छेहरुलाई पनि मान्छे बनाउने ट्यालेन्ट लुकेको हुन्छ । यिनको नजिकमा रहने मान्छेलाई यिनले कुनै न कुनै क्षेत्रमा सफल बनाएरै छाड्छन् । यिनीहरु मध्यम कदका हुन्छन् तर पनि बलबान् हुन्छन् । यिनका अक्षर एकदमै सुन्दर हुने गर्दछ । यी आधुनिक विद्याका अतिरिक्त गुप्त विद्याका बारेमा पनि धेरै जानकारी राख्न चाहने खालका हुन्छन् । यिनले आफन्तहरुसँग स्वाभाविक सम्बन्ध जीवनभर बनाइराख्छन् । यी आफन्तहरुको ज्यादै केयर गर्दछन् । यिनीहरु समाजका अगुवाहरुको छेउछाउमा रहेका हुन्छन् ।
यिनीहरुमध्ये ८० प्रतिशतको प्रेम विवाह हुने गर्दछ । यी आफ्नो जीवनसाथीलाई मित्रवत् व्यवहार गर्ने खाले हुन्छन् । यिनको विवाहको मिति टुङ्गो हुँदैन । यिनले सोच्दै नसोचेको समयमा विवाह गर्दछन् । यिनको विवाहपछि भाग्योदय हुन्छ । यिनीहरु बचपनदेखि नै एकै खाले स्वभावका हुन्छन् । यिनीहरुसँग एकपटक मात्र गफ गरेको मान्छेले पनि यिनलाई सम्झिरहेका हुन्छन् । यिनीहरु प्रविधिलाई खुब माया गर्दछन् । प्रविधिबाट यिनीहरु काफी कुराहरु सिकिराख्छन् । देश विदेशका चर्चित मान्छेहरुको बारेमा यिनलाई धेरै कुरा थाहा हुन्छ ।
यिनीहरुलाई सन्तानबाट सुख प्राप्त हुन्छ । यिनको चाहना बच्चाहरुलाई आफूजस्तै बनाउने रहेको हुन्छ । यिनीहरुको बालबच्चाले आमाबाबुबाट धेरै कुरा सिक्ने गर्दछन् । यिनीहरुको बच्चाहरु उच्च पदमा रहने सम्भावना ज्यादै धेरै हुने गर्दछ ।
पं हरिकृष्ण खतिवडा
प्रतिक्रिया