बुधबार, वैशाख १०, २०८२

तपाईंको नाम अंग्रेजी अक्षर G बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

नेपालखोज २०७७ चैत ९ गते ७:००


G अक्षरबाट नाम सुरु हुने मानिसहरु अत्यन्तै इमान्दार हुन्छन् । यिनीहरु समाजमा इमान्दार मान्छेको पहिचान बनाएका हुन्छन् । त्यसैकारण यी मान्छेहरुको उन्नति निकै पछि मात्र हुने गर्दछ । यिनीहरु स्वावलम्बी हुन्छन् । यिनमा धैर्यताको शक्ति अत्यन्तै ज्यादा हुन्छ । यिनीहरु आत्महत्याको बारेमा कहिले पनि सोच्दैनन् । यी C अक्षरबाट नाम सुरु हुनेहरु जस्तै रमाइलो प्रेमी हुन्छन् । यिनीहरुसँग जोकको भण्डार नै हुने गर्दछ । तर, यी गम्भिर स्वभावका हुन्छन् ।


यिनीहरु ज्यादै नै इमान्दार हुने कारण यिनलाई समाजका धेरै मानिसले प्रयोग पनि गरिरहेका हुन्छन् । यिनीहरुको सिर्जनाहरुलाई कतिपयले पैसा दिएर किन्ने गर्दछन् र आफ्नो नाम दिने गर्दछन् । यिनीहरुलाई जीवनका बारेमा धेरै चिन्ता हुन्छ । घर परिवार चलाउन यिनले ठूलो संघर्ष गर्दछन् । यी भिडमा रहन रुचाउँछन् । यिनलाई ग्रुपमा हुँदा डर लाग्दैन । यिनले गरेको जीवनको संघर्षको उदाहरण साँच्चै नै प्रशंसनीय हुने गर्दछ ।


यिनीहरु ठूलो भइसक्दा पनि बचपना गरिराख्छन् । त्यसैकारण यिनलाई माया गर्ने र सहयोग गर्ने मानिसहरु हमेसा भइराख्छन् । यिनले आफूलाई सहयोग गरेका मान्छेहरुलाई भुल्दैनन् । यिनीहरु मान्छेको नाम चाँडै सम्झने गर्दछन् । यी कमजोर दिलका हुन्छन् । यिनीहरुलाई कुनै कुरामा सामान्य आरोप लगाए पनि त्यसको उत्तर छिटै दिन्छन् । यिनीहरुलाई समाजमा आफ्नो निन्दो चर्चो गरिएको खासै मन पर्दैनन् । त्यसै कारण यी छिटै अपमानबाट छुटकारा पाउन प्रयास गर्दछन् । यिनीहरुमा इमादारिता भरिएको कारण यस्तो भएको हो ।


यिनले समाजमा राम्रो प्रतिष्ठा पाएका हुन्छन् । यिनीहरु धोका दिँदैनन् । यिनीहरुको जीवनसाथी योग्य हुने गर्दछन् । यिनीहरुको हर डिसिजनमा जीवनसाथीको सल्लाह र सुझाव लुकेको हुन्छ । यिनीहरुको सम्पत्ति दुरुपयोग गर्न आउने मान्छे पनि धेरै हुने गर्दछन् । यिनीहरुलाई अनेक लालच देखाई मान्छेहरुले प्रयोग गर्न खोजिरहेका हुन्छन् । त्यस्तो अवस्थामा यिनलाई जीवनसाथीले फस्नबाट रोकिरहेको देख्न सकिन्छ । यिनीहरु पेशा परिवर्तन गर्न रुचाउँदैनन् । यिनीहरु लामो समय एकै खाले पेशामा टिकिरहेका हुन्छन् ।

यिनीहरु दानी स्वभावका पनि हुने गर्दछन् । यिनीहरुबाट सहयोग पाएका मान्छेहरुले राम्रो प्रगति गर्दछन् । त्यो देख्दा यिनीहरु स्वाभाविक रुपमा खुशी हुन्छन् । यिनीहरुको एउटा मात्र सन्तान हुँदैन । यिनीहरुलाई टाढाको मान्छेहरुले पनि सहयोग पुर्याइरहेका हुन्छन् । यिनीहरु निकै आत्मीय स्वभावका हुन्छन् । जागिर र व्यवसायमा निकै पछि मात्र सफल हुन्छन् । यिनीहरुले वृद्ध अवस्थामा आफ्ना छोराछोरीबाट राम्रो सहयोग पाइरहेका हुन्छन् ।

पं हरिकृष्ण खतिवडा ।

प्रतिक्रिया