बुधबार, वैशाख १०, २०८२

तपाईंको नाम अंग्रेजी अक्षर K बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

नेपालखोज २०७७ चैत १३ गते ७:००


K लेटरबाट नाम सुरु हुने मानिसहरु शक्तिशाली हुन्छन् । यिनीहरुलाई कसैले पनि सितिमिति तल पार्न सक्दैनन् । अंग्रजी K अक्षरलाई उल्टो बनाएर हेर्ने हो भने यो पाई जस्तो देखिन्छ । संसारमा एउटा यस्तो अंक छ जसको मान कहिले पनि सकिँदैन । तसर्थ यो अक्षरबाट नाम सुरु हुनेहरुको शक्ति कहिल्यै क्षीण नहुने मान्यता रहेको छ । यिनीहरुको कार्य क्षमता र कार्यकौशललाई सामान्य मान्न सकिँदैन । यी हिम्मतवाला हुनछन् ।


यिनीहरु जुनसुकै क्षेत्रमा पनि काम गर्दै जाँदा सम्मान योग्य बन्दछन् । यिनीहरु प्रेमको मामलामा ज्यादै भावुक प्राणी हुन्छन् । यी ज्यादै सहयोगी पनि हुन्छन् । यिनीहरु आफ्ना विरोधीहरुलाई बलपूर्वक तह लगाउने जुक्ति निकालिरहन्छन् । यिनीहरुको सपोर्टर धेरै हुन्छन् । यिनले बोलेको कुरालाई जस्तोसुकै परिस्थितिमा सत्य साबित गर्ने प्रण गरेका हुन्छन् । यिनीहरु अवसरलाई चिनेर बोल्दछन् । नभए मौन रहन नै यिनलाई राम्रो लाग्छ । यिनीहरुको दिमाग ट्रेनिङले बनेको हुन्छ । यिनीहरु बचपनमा सामान्य विद्यार्थीको रुपमा रहे तापनि ठूलो भएपछि विशेष बन्दछन् ।


यिनको जीवन विशेष गरी बचपनमा अनेक झन्झटहरु व्यहोरेर बितेको हुन्छ । यिनीहरु आफ्नो भाग्यको रेखा आफैं तय गर्दछन् । यिनीहरुको सोच दीर्घकालीन रहने गरेको हुन्छ । यिनीहरुले आफ्ना विरोधीहरुलाई तह लगाउने अनेक चाल चल्ने कारण यिनको विरोधीहरु सँधै बढिरहेका हुन्छन् । तथापि आफ्ना सपोर्टरहरुबाट यिनले प्रशस्त सूचना पाइराख्ने हुनाले यी सँधै शक्तिशाली भइराखेका हुन्छन् ।


यिनीहरु देश विदेशका विभिन्न घटनाका बारेमा जानकार हुन्छन् र तिनलाई विश्लेषण गर्न पनि माहिर हुन्छन् । परिस्थितिलाई राम्ररी विश्लेषण नगरी यी हचुवाका भरमा निर्णय लिँदैनन् । यी बालहठी पनि हुने गर्दछन् । यिनीहरुले एक बिचार राखेपछि जंगेले बोलेपछि बोल्यो, बोल्यो भन्ने मान्यताका हुन्छन् । तर, यी आफ्ना सन्तान र सम्बन्धीहरुलाई एकदमै प्रेम गर्दछन् । तिनबाट यिनलाई हार्न पनि स्वीकार हुन्छ तर अन्य मान्छेबाट यी हार स्वीकार गर्दैनन् ।

प्रतिक्रिया