बिहीबार, वैशाख ११, २०८२

अंग्रेजी M अक्षरबाट नाम सुरु हुने मानिसहरु कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत १५ गते ७:००


M लेटरबाट नाम सुरु हुने मानिसहरु सेलिब्रेटी टाइपका हुन्छन् । यिनीहरु स्टाइलिष्ट कपडाहरु लगाउँछन् । यिनीहरु सेलिब्रेटी नभए पनि सेलिब्रेटीको व्यवहार गरिरहेका हुन्छन् । यिनीहरुको चर्चा समाजिक सञ्जाललगायत क्षेत्रमा भइरहेका हुन्छन् । यिनीहरु सामान्यतया सबै मानिससँग मिठासपूर्ण सम्बन्ध बनाउँछन् । यिनीहरुसँग मानिसहरुले फोटो खिचिरहेका हुन्छन् ।


यी परिवारमा मायालु मान्छेको पहिचान बनाउँछन् । यिनीहरुले समाजमा एक परिचित मान्छेको व्यक्तित्व बनाएका हुन्छन् । यी हरचिजलाई विश्लेषण गर्ने स्वभावका हुन्छन् । यिनीहरुको खर्च धेरै हुन्छ । यिनीहरुलाई कमाएको धन खर्च भएको स्थानको जानकारी पनि हुँदैन । यी मोजमस्तीमा पनि धेरै पैसा खर्च गरिरहेका हुन्छन् । यिनीहरु हाइफाईको जीवन बाँचिरहेका हुन्छन् ।


यी स्वावलम्बी हुन्छन् । यिनीहरु अन्य मान्छेको नराम्रो कुराको चियोचर्चो पनि ज्यादै नै गर्ने खालका हुन्छन् । यिनीहरुले पारिवारिक अवस्था अनुसार बचपनमा खर्चपर्चको लागि अभावको अनुभव गरे पनि अभिभावकको निकै माया पाएका हुन्छन् ।


यी खेलकुद, मनोरञ्जन, साहित्य, कला, टेलिभिजन र भाषालगायत क्षेत्रमा आफ्नो पहिचान र परिचय बनाउन लागिपरेका हुन्छन् । यिनलाई आफ्नो परिचर्चा चारैतिर हओस् भन्ने बचपनदेखि नै लागेको हुन्छ । यिनीहरु पैसा नकमाउने क्षेत्रमा पनि आफ्नो पहिचान मिल्छ भने डटेर लागिरहेका देख्न सकिन्छ । यी पहिचानका भोका हुने कारण यिनीहरु चर्चा परिचर्चा हुने खाले अवसर खोजिरहेका हुन्छन् । यिनीहरु हल्लाखल्ला गर्ने सवभावका हुन्छन् । यिनीहरु घरपरिवार कार्यालयमा हाँसिमजाकको सिर्जना गरिरहन्छन् ।


यिनीहरु आफ्नो बच्चालाई सव्तन्त्रतापूर्वक निर्णय लिन दिन्छन् । त्यसो हुँदा यिनको बच्चाहरु खोज गर्ने स्वभावका निस्कन्छन् । यी बच्चाका हर ख्वाइस पुरा गर्ने चाहना राख्दछन् र केहि हदसम्म त्यसमा यी सफल पनि हुन्छन् । यिनीहरुको जीवनसाथीले यिनीहरुमाथि भरोसा त राखेका हुन्छन् । तर, प्रशस्त शंका उपशंका पनि गरिरहेका हुन्छन् । यिनका जीवनसाथीलाई यिनले छोडेर जानछन् कि भन्ने एक खाले डर रहिराखेको हुन्छ ।

पं हरिकृष्ण खतिवडा

प्रतिक्रिया