मंगलबार, वैशाख ९, २०८२

नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म खरिद गर्न सकिन्छ ?

नेपालखोज २०७७ चैत ११ गते १२:३५


काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गत चार लाख ६८ हजार आठ सय २८ कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य एक हजार पाँच सय दुई रुपैयाँ ५० पैसा तोकिएको यो शेयरमा न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरुवा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।


ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया