आइतबार, वैशाख ७, २०८२

झापामा सामूहिक होली खेल्न रोक

नेपालखोज २०७७ चैत ११ गते १७:४१

झापा । भारतमा कोरोना भाइरसको महामारी फैलिएका बेला पूर्वी सिमावर्ती जिल्ला झापामा पनि सतर्कता बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रबाट हुने आवत–जावतमा कडाई गर्ने, सुरक्षा सतर्कता बढाउन आह्वान गर्ने तथा आउँदै गरेको होली पर्वमा भिडभाड गर्न नदिने निर्णय गरेको हो ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँग सिमाना जोडिएको झापामा महामारी फैलिन नदिन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बैठकले सुरक्षा सावधानीका सबै उपाय अपनाउन आग्रह गर्ने, सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुपर्ने र होली पर्व घरैमा सिमित पार्न आग्रह गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया