बिहीबार, वैशाख ११, २०८२

अंग्रेजी अक्षर O बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत १७ गते ७:००


O अक्षरबाट नाम सुरु हुने मानिसहरु निकै साहसी हुने गर्दछन् । यिनीहरुको बिचार बुझ्न निकै समय लाग्ने गर्दछ । यी प्रत्युत्पादक काममा हात हाल्दैनन् । यिनीहरु प्रायः गरी उत्पादनशील काममा हात हाल्छन् । यिनीहरु बिचारका स्तम्भ हुन्छन् । यिनीहरु कसैसँग पनि झुक्दैनन् । यिनीहरुमा स्वाभिमानको आदर्श रहेको हुन्छ । यिनीहरु ठूला दार्शनिकको पहिचान पनि बनाउन सफल हुन्छन् । यिनीहरु अध्ययन अध्यापनका क्षेत्रमा लागे भने यिनमा ज्ञानको सीमा नै रहँदैन । यिनीहरु बिचारहरुलाई विश्लेषण गर्न र तिनबाट नयाँ बिचार उत्पादन गर्न लागिपर्दछन् । यिनीहरुको आध्यात्मिक परिभाषा कसैसँग मिल्दैन । यी छुट्टै आध्यात्मिक पहिचान बनाउँछन् । यिनीहरु ठूलाठूला गनिएका गुरुको पहिचान बनाएका मान्छे बन्दछन् । यिनीहरुमा लालसा रहँदैन ।


यिनका पथप्रदर्शकहरु ज्यादै धेरै रहने गर्दछ । यिनीहरुको बिचारलाई बुझ्न सक्ने मानिसहरु निकै कम पाइन्छन् । यिनले समाजलाई एउटा नयाँ दिशा दिने काम गर्दछन् । यिनीहरुले मध्यमार्ग अपनाउँछन् । यी घटना र मान्छेलाई अत्यन्तै छिटो पहिचान बनाउँछन् । यी कला, सहित्य, संगिकतका उपासक मानिन्छन् । यी अत्यन्तै मीठो नोटहरु लेख्दछन् । त्यसलाई घण्टौंसम्म व्याख्या गर्न सक्छन् । यिनीहरु धाराप्रवाह कुनै पनि विषमा बोल्न सक्छन् । यिनीहरु विद्याका क्षेत्रमा अत्यन्तै लगनशील भएर लागेका हुन्छन् । सामान्य अध्येताले यिनलाई चिन्न नसक्ने कारण यिनको जीवन एकदमै विवादहरुले भरिएको हुन्छ । यी आफ्ना अनुयायीलाई असलमार्गमा हिँडाउन हरदम लागिपरेका हुन्छन् ।


यिनीहरुको जीवन भने काँडै काँडाले भरिएको फूलको रुपमा बित्दछ । जीवनपर्यन्त यी अनेक कुराहारुको खोजमा भौंतारिन्छन् । यिनीहरुमा सम्पत्तिका प्रति लालसा हुँदैन तर, यी ज्यादै भोगी स्वभावका हुन्छन् । यिनको जीवनदर्शन विवादै विवादले भरिएको भए तापनि तिनलाई बुझ्ने मान्छेहरुले त्यसमा जीवन बाँच्ने कला भेटेका हुन्छन् । यी कर्ममा नै ईश्वर देख्दछन् ।


यिनको हृदयमा सर्वप्राणीको हितको चाहना हुन्छ । यिनीहरु जीवनदेखि हारेर भाग्दैनन् । यी आफ्ना शक्तिशाली बिचारमा यति अडिग भएर लागिपर्छन् कि मानौं यो एउटा पहाड हो । जसलाई हल्लाउँन ठूलै आँधिवेहरी आउनपर्छ । यी विवाहित जीवन बाँच्न पनि सक्छन् र सन्यासी योगीको जीवन बाँच्न पनि । यिनीहरु समाजका प्रतिष्ठित परिवारमा जन्म लिएका हुन्छन् । यिनीहरु लालसा नराख्ने भए तापनि सम्पत्तिको अत्यधिक भोग गर्न पाउने भाग्य लिएर जन्म लिएका हुन्छन् । यी क्षमाशील हुन्छन् ।

प्रतिक्रिया