बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर
नेपालखोज
२०७७ चैत १९ गते १२:२९

बलिउड । बलिवुड अभिनेता अनुमप खेरकी पत्नी किरण खेर ब्लड क्यान्सरबाट पीडित छिन् ।
यी बलिउड अभिनेत्री ब्लड क्यान्सर जस्तो घातक रोगबाट लडिरहेकी छिन् । यिनी चंडीगढ़बाट भाजपा सांसदसमेत रहेकी छिन् ।
किरण क्यान्सरबाट पीडित भएपछि खेर परिवारमा दुखको वातावरण सिर्जना भएको छ । यिनका शुभचिन्तकहरुले यिनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् । किरण खेरको मुम्बईमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
किरणले धेरै चलिचत्रमा अभिनय गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया