प्रशान्त र लिभालाई मिस्टर एण्ड मिस थारूकाे उपाधि
नेपालखोज
२०७७ चैत २० गते १०:१७

चितवन । प्रशान्त हुजदार र लिभा चौधरी थारूले तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारू–२०२१ को उपाधि जितेका छन् ।
कार्यक्रम चितवनको खैरहनीमा सम्पन्न भएकाे थियाे । फिनालेमा १६ जना प्रतिस्पर्धीहरु रहेका थिए । प्रतिस्पर्धीहरुलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् भने प्रशान्तले १४ जना प्रतिस्पर्धीलाई पछि पारेका थिए ।
उदयपुरकी लिभाले मुख्य निर्णायक मिस नेपाल वर्ल्र्ड–०१९ अनुष्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला रु जुन चाहिँ आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिँदा यहाँ गर्व गर्नुहुन्छ ’, भन्ने प्रश्न साेधेका थिए । प्रश्नकाे जवाफ दिँदै लिभाले उपाधि हात पारेकी हुन् ।
उनलाई दोस्रो संस्करणकी मिस थारू आकृति चौधरीले मुकुट पहिराएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया