चिया खेती गर्ने किसानलाई तोकिएको मूल्य दिन माग

इलाम । इलाममा चियाको उत्पादन बढ्दा् क्रममा रहेको छ । यस वर्ष हरियोपत्तीको मूल्य पन िबढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन् । “पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ”, शर्माले भने, “यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ ।”
चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ सुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ । यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नु परेको छ ।
आकाशे पानी सङ्कलनमार्फत् पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईंको भनाइ छ । बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाईं बताउँछन् । यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उहनको भनाइ छ । कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईंले गरे । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईंले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने आग्रह गरे ।
किसानलाई तोकिएको मूल्य दिन आग्रह
यहाँस्थित सूर्योदय नगरपालिकाले किसानलाई हरियो चियापत्तीको तोकिएको मूल्य दिन आग्रह गरेको छ । विगतमा विभिन्न बाहानामा उद्योगीले तोकिएको मूल्य दिन आलटाल गरेकोप्रति लक्षित गर्दै नगरले कानून पालना गर्न अनुरोध गरेको हो । नगरले चियाको मूल्यमा एकरुपता ल्याउन दुई वर्षअघि चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि बनाएको छ । मापदण्डमा हरियोपत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । किसानले पनि उत्पादन गरेको चियामा ४० प्रतिशत मुना चिया हुनुपर्ने मापदण्डमा छ ।
प्रतिक्रिया