अभिनेत्री ऋचा शर्मा आमा बन्दै

काठमाडौं । वर्ष २०७६ को मङ्सिरमा बिवाह बन्धनमा बाधिएकि अभिनेत्री ऋचा शर्माले आफू आमा हुन लागेको कुरा सार्वजनिक गरेकी छन् । शर्माले बुधबार सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम मार्फत आफू गर्भवती भएको जानकारी गराएकी हुन्।
उनले आफ्नी आमाको स्मरण गर्दै आफू पनि आमा बन्न लागेको कुरा उल्लेख गरेकी छन् । ‘आमाले भन्नुहुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउछेस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन, ‘उनले लेखेकी छन्, ‘आज आफ्नो धड्कन भन्दा कोही अरूको धड्कन मभित्र प्यारो आभास भइरहेको छ।’

उनले आफ्नो स्टाटसमा श्रीमान दिपेक्षविक्रम राणासँगै भर्खरै रोपेको विरूवामा पानी हाल्दै गरेको तस्वीर राखेकी छन्। ‘आज तपाईंहरू माझ यो खुसी बाँड्न पाउँदा सुशी महसुस भइरहेको छ। एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो,’शर्माले लेखेकी छन,’त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रूख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रूखको अटूट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’
ऋचाले ललितपुरस्थित लविम मलका व्यवस्थापक दिपेक्ष विक्रम राणासँग प्रेम विवाह गरेकी हुन्। हाल उनी एउटा रियालिटि शोको जजका रुपमा मज्जा आयो भन्ने थेगोका कारण चर्चामा छिन ।

प्रतिक्रिया