आइतबार, वैशाख ७, २०८२

मध्यरातमै अन्त्य गरियो गण्डकी प्रदेशसभाको अधिवेशन

नेपालखोज २०७८ वैशाख २ गते १२:२६


काठमाडौं । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

नेपाली कांग्रेससहितका विपक्षी दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्ने अन्तिम तयारी गरेपछि चालु अधिवेशन अन्त्य गरिएको हो।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान साढे १० बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिएका छन्।

निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले बुधबार अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि जनता समाजवादी पार्टी र कांग्रेस अघि सरेका थिए।

यो अधिवेसन २५ चैतमा सुरु भएको थियो।

प्रतिक्रिया