सोमबार, वैशाख ८, २०८२

पाँचथरमा दक्षिण एसियाकै एकमात्र चौंरी महोत्सव

नेपालखोज २०७८ वैशाख २ गते १४:१४


पाँचथर । दक्षिण एशिया क्षेत्रको एकमात्र चौथो चौंरी महोत्सव पाँचथर जिल्लाको फालेलुङमा सकिएकाे छ । महोत्सव बुधबार सम्पन्न भएको आयाेजकले नेपालखाेजलाई बताएकाे हो । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।

फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् । यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरु आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो । अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन् ।

यो मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ति भारत तथा भुटान देखि किसानहरु आउने गरेका छन् । मेलामा चौंरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ । 

प्रतिक्रिया