सोमबार, वैशाख ८, २०८२

कोरोना स‍ंक्रमणबाट पत्रकार मिश्रको निधन

नेपालखोज २०७८ वैशाख २ गते १६:११

काठमाडौं । कोरोना संक्रमणबाट ४८ वर्षीय पत्रकार कमल मिश्रको निधन भएको छ । झापाको बिर्तामोड नगरपालिका ८ का पत्रकार मिश्रको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गएराति उपचारका क्रममा निधन भएको हो ।

भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर उनी अभियानकर्मीका रूपमा कार्य गर्दै आएका थिए । उनी केही समय नेपाल समाचारपत्र दैनिकमा संवाददाताका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया